सोलुखुम्बु। सोलुखुम्बुको तेन्जिङ हिल्लारि विमानस्थल लुक्ला नजिकैको वनमा आगोलागि भएको छ। आज बिहान विमानस्थल नजिकैको जङ्गलमा आगोलागि भएको हो।
सिम्रिक एयरको हेलिकोप्टरले आगो निभाउन सुरु गरेको छ। फायर फाइटिङसहितको हेलिकोप्टर आगो निभाउन सोमबार बिहान नै लुक्ला पुगेको थियो। स्थानीय सुर्के खोलाबाट पानी भरेर नक्चुङ वनमा लागेको आगो सिम्रिक एयरको हेलिकोप्टरले निभाउन थालेको छ।
सोमबार बिहान धुवाँले गर्दा करिब १ घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ। प्राधिकरणका अनुसार विमानस्थल नजिकैको जङ्गलमा लागेको आगोको धुवाँले धावन मार्ग नै ढाकेपछि विमानस्थल नै बन्द गरिएको थियो। अहिले हावाका कारण धुवाँ अन्यत्र ड्राइभड भएकाले उडान भइरहेको प्राधिकरणले जनाएको छ।