डडेल्धुरा। आमसञ्चार नीति निर्माणका लागि सुदुरपश्मिको ९ जिल्लामध्ये ४ जिल्लामा सुझाव संकलन गरिएको छ ।उक्त सुझाव संकलन सुदूरपश्चिमको डडेलधुरामा भएको थियो। गत शनिबार सुदूरपश्चिमको विविधता र परिवेशमा आधारित रहेर एकीकृत नीति निर्माण गर्नुपर्ने विषयमा कानून तथा न्याय मन्त्रालयका प्रतिनिधि, जिल्लास्थित क्रियाशील पत्रकार तथा आम सञ्चार नीति २०७८ मस्यौदा समितिका पदाधिकारीबीच छलफल भएको थियो।
त्यस्तैगरी विज्ञापन बोर्ड गठन, व्यावसायिक सुरक्षा, बौद्धिक सम्पतिको संरक्षण र प्रवर्द्धन, सेवा सुविधामा समानुपातिक समावेश जस्ता विषयमा पनि छलफल भएको थियो। यो भन्दा अगाडी ल्याएको विधेएक विभेदकारी साथै अव्यवहारिक भएको कारणले गर्दा प्रदेशको आमसञ्चार नीति न्यायोचित, दिगो र विश्वसनीय पत्रकारीताको नमुना बन्नुपर्ने कुरामा सरोकारवालाहरुले जोड दिएका छन्।