काठमाण्डौं। गत असार १ र साउन १६ गते आएको मेलम्ची र इन्द्रावती बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा चार करोड रकम विनियोजन गरेको छ। भू तथा जलाधार संरक्षण कार्यक्रमअन्तर्गत मन्त्रालयले ३१ योजनासहित तत्काल चार करोड रकम स्वीकृत गरेको हो।
पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म ३१ योजनाका लागि चार करोड तत्काललाई विनियोजन गरे पनि बाँकी सात करोड रकम पनि यही आर्थिक वर्ष २०७८।७९ मा स्वीकृत भई कार्यान्वयनमा आउने बताइएको छ।
मेलम्ची र इन्द्रावती नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि पहिलो चरणमा पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म योजना मुताविक विनियोजित रकमबाट काम हुने बताइएको छ।