काठमाडौं। नेपाल ईन्जिनियरर्स एशोसिएसनको दोस्रो सूदुरपश्चिम प्रदेश कार्यकारणी समितिको निर्वाचनमा लोकतान्त्रिक समूह (सिडेनका) भारी मतले विजयी भएको छ। शुक्रबार भएको एशोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समूहकाे प्यानल नै भारी मतका साथ विजयी भएको हो।
वियजी हुनेमा लोकतान्त्रिक समूहबाट सभापतिमा इन्जिनियर प्रदिप कुमार पन्त, उपसभापतिमा इन्जिनियर भाष्कर चटौत, सचिव इन्जिनियर पदमबहादुर मडै, सह सचिव इन्जिनियर राजेन्द्र बहादुर साउद र कोषाध्यक्ष इन्जिनियर विरबहादुर भाट छन्।
त्यसैगरी निर्वाचित सदस्यहरुमा इ.रमेश बोहोरा, इ.खगेन्द्र अवस्थी, इ.हरेन्द्र विक्रम शाह, इ.उमेश सिंह कठायत, इ. कपिल देव भट्ट, इ. गोविन्द भट्ट, इ.जानकी बडैला, इ.राजेन्द्र, इ.सरोज शाह र इ.देवी राज रहेका छन्।