काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले वसन्तपुरमा बनाइएका कंक्रिटका संरचना भत्काउनुपर्ने बताएकी छन्। वसन्तपुर डबलीमा बनाइएका संरचनाको आज अवलोकन गर्दै उपमेयर खड्गीले विश्व सम्पदा सूचीमा सूचिकृत क्षेत्रमा कंक्रिटको संरचना बनाउनु गलत भएको बताएकी हुन्।
मेयर विद्यासुन्दर शाक्यले मनपरी गरेको भन्दै उपमेयर खड्गीले कंक्रिटका संरचना भत्काउनुपर्ने बताइन्। विश्व सम्पदा सूचीभित्र परेको क्षेत्रमा मनपरी गर्न मिल्दैन, यो हेलचेक्राइँ हो। सम्पदा क्षेत्रमा यसरी कंक्रिटको संरचना बनाउन हुन्छ हुँदैन भनेर विवेक पुर्याउनु पर्ने उनले बताइन्।
यसबारे मेयर शाक्यसँग सल्लाह गर्ने उनले बताइन्। महानगरको भौतिक पूर्वाधार विभागले डबलीमा क्षति पुग्ने गरी कंक्रिट प्रयोग गरेर आठ वटा झण्डा राख्ने आधारहरु निर्माण गरेको छ।