काठमाडौं। नेपाल निर्माण व्यवसायी संघ जिल्लाकार्य समिति खोटाङको साधारणसभा एवम् जिल्ला अधिवेशन हुने भएको छ। निर्माण व्यवसायी संघ खोटाङको नऔं साधारणसभा एवम् पाँचौ जिल्ला अधिवेशन हुने भएको हो।
निर्माण व्यवसायी संघ खोटाङको साधारणसभा एवम् जिल्ला अधिवेशन जिल्लाको सदरमुकाम दिक्तेलमा आगामी चैत १० र ११ गते हुने भएको छ। संघले सुचना जारी गर्दै नयाँ दर्ता एवम् नविकरण गर्न अनुरोध गरेको छ।
.jpg)