काठमाडौं। महाकली नदीमा भारतीय पक्षले बाँध निर्माण गरेकामा अनेरास्ववियूले आपत्ति जनाएको छ। दार्चुलाको महाकाली नगरपालिका खलंगामा रहेको महाकाली नदीमा अन्तर्राष्ट्रिय कानूनविपरीत भारतले बाँध निर्माण गरेकोमा अनेरास्ववियुले आपत्ति जनाएको हो।
अनेरास्ववियुले यसबारे कूटनैतिक पहल गर्न सरकारसँग माग समेत गरेको छ। चैत १ गते बसेको भर्चुअल बैठकले आधारभूत तहको बाल शिक्षा एवम् विद्यालय शिक्षमा भइरहेको अनियमिततालाई तत्काल रोक्न स्थानीय सरकारलाई प्रभावकारी अनुगमनको निम्ती खबरदारी गर्दै राजनैतिक प्रतिशोध र गैरप्राज्ञिक कार्यहरुले शैक्षिक संस्थाहरुलाई बन्धक बनाइनु दुःखद भएकोले विश्वविद्यालय हाताभित्र प्राज्ञिक वातावरण निर्माण गर्न सरोकारवालाहरुको ध्यान आकर्षण गराएको छ।
आगामी चैत्र १८ र १९ गते संगठनको विस्तारीत बैठक बस्ने निर्णय गर्दै अनेरास्ववियुले आगामी वैशाख ३० गते हुुने स्थानीय तह निर्वाचनका लागि एमालेका उम्मेदवारलाई विजयी गराउनका लागि वडा तहसम्म र प्रत्येक बुथमा संगठनले स्वययंसेवक परिचालनका गर्न मातहतका सबै कमिटीलाई निर्देशन दिने निर्णय गरेको छ ।