हेटौंडा। मकवानपुरको हेटौंडा–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ। सिमेन्ट उद्योगमा कार्यरत भारतीय मुलुकका अन्दाजी २० वर्षीय एक युवकको काम गर्ने क्रममा च्यापिएर मृत्यु भएको हो।
उद्योगको प्लान्टमा रहेको मेसिनमा च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। नाम नखुलेका उनको उपचारको क्रममा आज हेटौंडा अस्पतालमा मृत्यु भएको हो।