काठमाडौं। कञ्चनजङ्घा निर्माण कम्पनीका प्रमुख तथा निर्माण व्यवसायी तेण्डी शेर्पा पक्राउ परेका छन्।
निर्माण व्यवसायी शेर्पालाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बैंकिङ कसुरमा पक्राउ गरेको हो।
उनीविरुद्ध १ करोड ६७ लाख रुपैयाँको चेक अनादर भएको उजुरी परेको छ।
उजुरी परेपछि चैत २ गते उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।