काठमाडौँ। भूकम्पपछिको पुनःनिर्माणका बाँकी कामलाई अघि बढाउँदै समयमै सम्पन्न गर्न सम्बन्धित सबै निकायबीच समन्वय हुनुपर्नेमा जोड दिइएको छ ।
प्रतिनिधिसभा, विकास तथा प्रविधि समिति, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र पुनःनिर्माणसम्बन्धी काम हस्तान्तरण भएका मन्त्रालय एवं निकायबीच तोकिएको काम समयमै सम्पन्न गर्नेबारे छलफल भएको हो ।
कार्यक्रममा विभिन्न स्थानबाट विभिन्न पदका पदाधिकारीहरुको सहभागीता रहेको थियो। उक्त कार्यक्रममा उहाँहरुले भुकम्पछि पुनःनिर्माणको लागी बाकी रहेका सम्पुर्णकामहरु सम्बन्धीत सबै निकायहरुसँग समन्वय गरी कामलाई अगाडी बढाउनु पर्नेमा जोड दिनुभएको छ।
विगतमा शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट सम्पन्न हुन बाँकी रहेका कतिपय काम अझै पनि सम्पन्न हुन नसकेका दृष्टान्त राख्दै पुनःनिर्माणका बाँकी काम त्यस्तो हुन नदिन मन्त्रालयको ध्यानदिनुपर्ने सांसद गणेशकुमार पहाडीले बताउनुभयो। विभिन्न क्षेत्रबाट उपस्थित हुनुभएका सांसदहरुले आफ्नो बिचार व्यक्त गर्दै बाकी रहेका काम पुरा गनुपर्ने, नेपालले पनि थोरै स्रोतमा धेरैकामहरु गर्न सक्ने, विभिन्न भौतीक संरचना बनेको र गुम्बाको पुनःनिर्माणमा ध्यान दिनुपर्ने लगाएतका धेरै कुरामा जोड दिनुपर्ने उहाँहरुको आग्रह रहेको छ।
छलफलमा अर्थ सचिवले प्रतिस्थापन विधेयकमार्फत् पुनःनिर्माणको बजेट रु चार अर्बले बढाइएको जानकारी दिँदै विगत वर्षजस्तै पुनःनिर्माणका बाँकी कामलाई पनि प्राथमिकता दिइएको बताउनुभयो। समयमा नै पुनःनिर्माणका कामहरु सम्पन्न हुने उक्त छलफलमा सहभागी सम्पुर्णले आशा राखेका छन्।