काठमाडौं। सवारी आवागमन सहज बनाउने उद्देश्यसहित सडक विभागले विभिन्न स्थानमा प्रस्तावित नौवटा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्न प्रक्रिया अगाडि बढाएको छ। त्यसका लागि विभागले कम्पनी छनोटको प्रक्रिया सुरु गरेको हो।
सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटका लागि राष्ट्रिय कम्पनीहरूसँग आशयपत्र माग गरिएको छ। शक्तिखोर–मझिमटार ९चितवन० र सुनमाई–राजदुवाली (इलाम) सुरुङ मार्ग निर्माणका लागि आवश्यक सम्भाव्यता अध्ययन गर्न परामर्शदाताका छनोट प्रक्रिया अगाडि बढाइएको बताइएको छ।
त्यसैगरी बागलुङ–बेउ–नरेठाँटी सुरुङ मार्ग बागलुङ, फुस्रेखोला–छोरेपाटन (पोखरा)–स्याङ्जा–गुडीखोला सडक सुरुङ कास्की–स्याङ्जा, नवलपरासीको दुम्कीबास–बर्दघाट र कास्कीको हेम्जा–नयाँपुल सडक सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न आशयपत्र माग गरिएको छ। रारा राजमार्गअन्तर्गत कुशेपाटन–जाजरकोट (ब्याउलीढुङ्गा)–जुम्ला (इमलिचा खोला) सडक सुरुङ जाजरकोट।जुम्ला, प्रवाश–जोरटे (पाल्पा) सडक सुरुङ र ताथाली रवियोपी सडक सुरुङ निर्माणका लागि आशयपत्र माग गरिएको छ। प्रस्तावित हरेक सुरुङ मार्गको सम्भाव्यता अध्ययन पचासरपचास लाख रुपियाँको लागतमा गरिने अनुमान गरिएको छ।