काठमाण्डौं। विश्व बसोबास दिवस २०२१ नेपाल सरकार सहरी विकास मन्त्रालय, युएन ह्याबिट्रयाट लगायत संघसंस्थाको सहकार्यमा सम्पन्न भएको छ।
तीव्र गतिमा सहरी भेगमा भइरहेका विकास र पुर्वाधार निर्माणको कार्य सञ्चालन गर्दा वातावरण सम्बन्धी विभिन्न पक्षलाई ध्यान दिदै दिगो हरित विकास तर्फ लाग्न सबैको ध्यान जानुपर्ने देखिएको छ।
कार्यक्रमका प्रमुखका अनुसार विकासका अवधारणा तथा मापदण्ड परिस्र्कत हुँदै गइरहेको अवस्थामा राष्ट्रिय योजना आयोगले नेपाल सरकारले तय गरेको अथवा अन्तर्राष्ट्रिय जगतमा गरेका प्रतिबद्धतालाई आत्मासाथ गरी दिगो विकासको लक्ष्य ११ प्राप्तिको लागी आफ्ना कार्यक्रम तथा योजना गरिरहेको छ।
तीनै तहका सरकारले सञ्चालन गर्ने भौतिक, सामाजीक तथा सांस्कृतिक विकासको अवधारणालाई संयोजन र एकीकृत गर्न जोड दिएको छ। स्थानीय सरकारको क्षमता अभिबृद्धी गर्न जलवायु परिवर्तन, हरित विकास, कार्बनरहित विश्वजस्ता प्राविधिक विषयमा सामुहिक पहल गर्नुपर्ने कार्यक्रमका सहरी विकास मन्त्रालयका सचिवले बताउनु भयो।
उहाँले विकास साझेदारी निकायको सहकार्यमा प्राविधिक पक्ष, ज्ञान सिप तथा स्रोतको सदुपयोग गर्दै व्यवस्थित दिगो विकासमा लाग्न प्रेरित गर्नुभयो।