काठमाण्डौं। भुकम्पबाट क्षती भएका संरचनाको प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिंहदरबारमा समितिको बैठक बसी प्रगति विवरण प्रत्यक तिन महिनामा समितिमा पठाउन सम्बद्ध निकायलाई निर्देशन दिएको छ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले निर्माण गरेका संरचनाहरुको दिगो संरक्षण, उपयोग र त्यसको समुचित व्यवस्थापन सम्बन्धी स्पष्ट कार्ययोजना बनाउन सहरी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा मन्त्रालय जस्ता विभिन्न निकायलाइ समितीकी सभापति कल्याणकुमारी खड्काले सम्बद्ध जिम्ँमेवार निकायलाई निर्देशन दिइएको बताइन्।
समितिको बैठकले राष्ट्रिय पुननिर्माण प्राधिकरणमा हस्तान्तरण भएका तर पुननिर्माण नभइसकेका संरचनाको निर्माणका लागी आवश्यक जनशक्ति र स्रोतहरुसहित निर्धारित समयमै काम सक्न पनि निर्देशन दिएको छ।
समिति सभापति खड्काले भुकम्प प्रभावित जिल्लाहरुमा पुननिर्माणको कार्यमा प्रयोग भइरहेका भुकम्प प्रतिरोधीलाई प्रविधि नेपालको सबै जिल्लामा प्रयोग गरी निजी आवासालय पुर्वाधार निर्माणको कार्यमा दिगो र सुरक्षीत बनाउन वातावरण सुरक्षीत गर्न समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभयो।