पोखरा। नेपाल निर्माण व्यवसायी संघ कास्कीको अध्यक्ष पदमा लीलकाजी गरुङ निर्वाचित भएका छन्। नेपाल निर्माण व्यवसायी संघ कास्कीको २८ औं साधारणसभा तथा १५ औं अधिवेशनबाट अध्यक्षमा गुरुङ निर्वाचित भएका हुन्।
उनले अध्यक्षका प्रत्यासी रामराज अधिकारीलाई पराजित गरेका हुन्। निर्वाचित गुरुङले १ सय ९२ र अधिकारीले १ सय ६६ मत प्राप्त गरेका थिए।
वरिष्ठ उपाध्यक्षमा सुवर्ण श्रेष्ठ, उपाध्यक्षमा कृष्णचन्द्र बराल, सचिवमा इन्जिनियर शिरषकुमार बास्तोला, सहचिवमा कृष्ण ढकाल (केडी) र कोषाध्यक्षमा उत्तम सिग्देल निर्वाचित भएका छन्।
यसैगरी सहकोषाध्यक्षमा धुवबाबु भट्टराई तथा सदस्यमा डम्बरराज ढकाल, हुमनाथ ढकाल, इ.दीपक सुवेदी, सुमन श्रेष्ठ, कृष्णहरि तिमिल्सिना र प्रकाश बराल निर्वाचित भएका छन्। सदस्यमा डम्बरराज ढकालले सर्वाधिक मत ल्याएका छन्।
४ सय ४० मतदाता रहेकोमा शनिबार मतदान प्रक्रियामा ३ सय ७७ जनाले मतदान गरेका थिए। २ वर्षे कार्यकाल रहेको समिति १३ सदस्यीय रहेका छन्।