दाङ। तुलसीपुर उपमहानगरपालिका–५ मा पूर्व–राजा वीरेन्द्र शाहको अर्ध कदको शालिक स्थापना गरिएको छ। करिब १६ वर्षपछि पुनः वीरेन्द्र चोकमा वीरेन्द्रको शालिक स्थापना गरिएको हो।
तत्कालीन माओवादीले २०६२–०६३ को आन्दोलनको समयमा तुलसीपुरको वीरेन्द्र चोकमा रहेको पूर्व–राजा वीरेन्द्रको शालिक तोडफोड गरेको थियो।
उपमहानगरपालिका–५ को आह्वानमा मेटिएको इतिहासलाई बचाउने प्रयास गरिएको बताइएको छ। उक्त शालिक स्थापनामा सरकारले कुनै पनि लगानी गरेको छैन। केही सहयोगी व्यक्तिहरूको झण्डै ३ लाख बराबरको लगानीमा मूर्ति स्थापना गरिएको र यसको एकमुष्ट रकम केही दिनमा सार्वजनिक गर्ने बताइएको छ।
तोडफोड भएपछि उक्त शालिक गाडिएको अवस्थामा हालको राप्ती प्रादेशिक अस्पताल परिसरमा अवस्थामा भेटिएको थियो। क्षतिग्रस्त शालिक काम नलाग्ने भएपछि वीरेन्द्र चौकमा खाली राखिएको थियो।