काठमाडौं। सुख्खा बन्दरगाह ‘चोभार ड्राइपोर्ट’ ले प्रतीतपत्र (एलसी)को अनुमति पाएको छ। हालैमात्र निर्माण कार्य सम्पन्न भई सरकारबाट सञ्चालनको अनुमति समेत पाइसकेको बन्दरगाहबाट अब व्यवसायिक रुपमा मालसामान भन्सारीकरण गर्ने गरी अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले एलसी जारी गर्न पाउने भएका हुन्।
मंगलबार राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ संशोधन गर्दै यस्तो निर्देशन जारी गरेको हो । सो व्यवस्थामा बैंकले अन्तर्राष्ट्रिय व्यापारका लागि जारी हुने प्रतीतपत्रमा प्रचलित व्यवस्था बमोजिम अब चोभारको सुख्खा बन्दरगाह भन्सार कार्यालय नाका हुने गरी समेत जारी गर्न सकिने बताएको छ ।
यस्तो सुविधा मेची, विराटनगर, वीरगञ्ज, सुख्खा बन्दरगाह सिर्सिया र भैरहवा भन्सार कार्यालयबाट पैठारी गर्ने गरी प्रतीतपत्र जारी भैसकेका मालवस्तुको समेत पैठारीकर्ताको माग भएमा प्रचलित व्यवस्थाबमोजिम चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयको नाममा भन्सार विन्दु परिवर्तन गर्न समेत सकिने बैंकले जनाएको छ ।