अन्तर्राष्ट्रिय जगतमा ड्रोनले पहिले नै निर्माण को लागी एक प्रभावशाली योगदान दिएको छ र तिनीहरुको प्रभाव आउँदो बर्षमा अझै बढ्ने छ।
पहिला सानो, क्यामेरा माउन्टेड अत्याधिक महँगो भएकोले उड्ने ड्रोन आयपछि यसले सस्तो र सुलभ भई लागत लाई कम गरेको छ । कर्मचारी सुरक्षा र भवन निरीक्षण तथा जोखिमपुर्ण कार्यको लागि यसको भुमिका महत्वपुर्ण रहेको छ ।
नेपालको अबस्थालाइ हेर्दा ड्रोन नेपालमा भित्रिसकेपनी यो निर्माण कार्यको लागि प्रयोगमा नआइ फोटो खिच्न र भिडियो बनाउनको लागि मात्र प्रयोगमा ल्याइयको छ । आउदो दिनहरुमा नेपालमा निर्माण कार्यको लागि ड्रोनहरुको प्रयोग गरियमा यसले विकासको गतिमा ठुलो भुमिका निर्वाह गर्नेछ ।