काठमाडौं। दक्षिणकाली नगरपालिका वडा नं १ को चाल्नाखेलस्थित वोसनमा केबलकार सञ्चालनमा आउने भएको छ। चम्पादेवी ईको फ्रेण्डली कम्पनीले सो केबलकार सञ्चालन गर्ने भएको हो।
चम्पादेवी ईको फ्रेण्डली कम्पनीले एक पत्रकार सम्मेलन गरी सो बिषयमा जानकारी गराएको हो। कम्पनीले केबलकार सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य पुरा भएको र अव निर्माण प्रकृया शुरु हुने बताएको छ। अवको तीन बर्षमा निर्मण कार्य सम्पन्न भई सो केबलकार सञ्चालनमा आउने भएको छ।
कम्पनीका अनुसार चम्पादेवी माताको मन्दिर रहेको डाडाहरु गरी करीब बाईस हेक्टर वन क्षेत्र नेपाल सरकारबाट प्राप्त भएको छ। केही प्राविधिक एवं कानूनी अवरोधहरूको निकास सर्वोच्च अदालतले दिएपछि परियोजनाको कार्य तिब्र गतिले प्रारम्भ गरीएको कम्पनिले जनाएको छ।
कम्पनीले उक्त केबुलकार प्रोजेक्ट निर्माण गर्नका लागि ५०० देखि ६०० करोड अनुमानित खर्च गर्ने योजना रहेको जानकारी गराएको छ।