काठमाडौं। नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग संघिय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन, डोटीले २० वटा निर्माण कम्पनीलाई सात दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ।
कार्यालयद्धारा आज प्रकाशित सुचनामा यस कार्यालयसँग निम्नानुसारको निर्माण कार्य गर्ने सम्झौता गरी सम्झौता बमोजिम तोकिएको समय भित्र निर्माण कार्य सम्पन्न नगरेको हुँदा निर्माण कार्य सम्पन्न गर्नका लागि यस अघि पनि पटक पटक लिखित तथा मौखिक अनुरोध गर्दा समेत लामो समयसम्म निर्माण कार्य गर्ने तर्फ कुनै चासो नदेखाएको हुँदा सार्वजानिक खरिद ऐन तथा नियमावली र ठेक्का सम्झौताको शर्त बमोजिम ठेक्का किन नतोड्ने। ठेक्का नतोड्नु पर्ने कुनै मनासिव कारण भएमा यो सुचना प्रकाशित भएको मितिबाट ७ दिन भित्र विश्वसनिय स्पष्टीकरण सहित कार्यालयमा उपस्थित हुन सडक डिभिजन कार्यालय डोटीले निर्देशन दिएको छ। अन्यथा ठेक्का सम्झौतका शर्त, सार्वजनिक खरिद ऐन तथा नियमावली र प्रचलित कानुन बमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडी बढाइने व्यहोरा सडक डिभिजन कार्यालय डोटीले प्रकाशित गरेको सुचनामा उल्लेख गरिएको छ।
