काठमाडौं। नेपालका लागि हुन्डाइ मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा विद्युतीय गाडीका लागि चार्जिङ स्टेशनको संख्या ४० पुर्याएको छ। कम्पनीले नेपालमा विद्युतीय गाडीका लागि पूर्वाधार थप्दै जाने क्रममा चार्जिङ स्टेसन संख्या ४० पुर्याएको हो।
ग्राहकलाई आवश्यकता अनुसारको सेवा सुलभ रूपमा पाइने व्यवस्थाका लागि योजनाबद्ध तवरले काम गरिरहेको छ। विद्युतीय गाडीमा बढ्दो आकर्षणसँगै हुन्डाइका इभी प्रयोगकर्ताका लागि चार्जिङ सुविधा सहज बनाउनै ल्याएको कम्पनीले जनाएको हो। लक्ष्मीले शुक्रबार थापाथलीस्थित आफ्नो अत्याधुनिक विद्युतीय सोरुममा मिडिया भेला आयोजना पनि गरेको थियो।
भेलामा उपस्थित सञ्चारकर्मीलाई कम्पनीले डेडिकेटेड सोरुम, दिगो सञ्चालन योजना र विद्युतीय गाडीका प्राविधिक पक्षमा विषयमा बारेमा जानकारी दिइएको थियो। भेलाका सहभागीलाई पाटनको औद्योगिक क्षेत्रमा रहेको हुन्डाइ तालिम केन्द्रमा लगेर विभिन्न प्रस्तुतिमार्फत् हुन्डाइका विद्युतीय गाडीको पूर्वाधार र सञ्चालन सम्बन्धि विभिन्न जानकारी दिएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य हुन्डाइका विद्युतीय गाडीप्रति चासो राख्ने र सम्भावित खरिदकर्ताहरुका माझ कम्पनीले गरेको दिगो सेवा योजना बारे जानकारी दिनु रहेको जनाइएको छ। हाल ४० चार्जिङ स्टेसनहरु रहेको र यसलाई आवश्यकता अनुसार बढाउँदै लैजाने कम्पनीले जनाएको छ।