काठमाडौं। मेलम्चीको पानी पुनः पथान्तरण कार्यक्रम’मा प्रधानमन्त्री शेरबहादुर देउवा नजाने भएका छन् । मेलम्चीको अम्बाथानस्थित हेडवर्क्समा आज हुने भनिएको कार्यक्रम’मा प्रधानमन्त्री देउवा नजाने भएका हुन्।
निर्वाचन आचार संहिता लागू भइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवा ‘मेलम्चीको पानी पुनः पथान्तरण कार्यक्रम’मा सहभागी नहुने प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए।
मेलम्ची खानेपानी आयोजनाको मूल सुरुङमा आजदेखि पानी पठाउन सुरु गरिने भएको छ ।
२१ असार २०७७ मा पहिलोपटक मेलम्चीको पानी पथान्तरण भएको थियो । सिन्धुपाल्चोकमा तत्कालीन प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा औपचारिक कार्यक्रम र तत्कालीन खानेपानीमन्त्री बिना मगरले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसको शुभारम्भ गरेकी थिइन् । आज हुने उद्घाटन कार्यक्रम सातौं हो।