सुर्खेत। रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाको गोतामकोटमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आएको छ। टेलिकमको टावरमा खराबी आउँदा जाजरकोटको पूर्वी क्षेत्र, आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भागका नागरिक सञ्चार सेवाबाट बञ्चित भएका छन्।
सेवा अवरुद्ध हुँदा यस क्षेत्रका हजारौं सेवाग्राही मर्कामा परेका छन्। दुई दिनदेखि सेवा अवरुद्ध भएको बताइएको छ। नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जले प्राविधिकसहितको टोली आज पठाउने बताएको छ।
जाजरकोटको पूर्वमा टावर भए पनि राम्रोसँग काम नगर्ने, आवाज नबुझिने र बोल्दाबोल्दै आवाज काटिने समस्या रहेको जाजरकोटको नलगाड नगरपालिकाले जनाएको छ।