काठमाडौं। तोकिएको समयअवधिमा काम सम्पन्न नगर्ने २७ निर्माण कम्पनीको नामावोली प्रकाशित भएको छ। संघिय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन बैतडीले समयमा काम सम्पन्न नगर्ने २७ वटा निर्माण कम्पनीलाई सात दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
सडक डिभिजन बैतडीअन्तर्गत विभिन्न काममा ठेक्का सम्झौता अनुसार गर्नुपर्ने कार्यको म्याद समाप्त सक्दा र थप गरिएकाे समयमा पनि काम नभएकाे कार्यालयले जनाएकाे छ।
कार्यतालिकाअनुसार प्रगति नभएको, कार्यालयबाट पटक–पटक तिखित तथा मौखिक ताकेता र निर्देशन दिँदा समेत हालसम्म पनि कार्य प्रगति नदेखिएको हुँदा निर्माण कार्य तोकिएको समयअवधि भित्र सम्पन्न गर्ने विश्वसनीय आधार सहित ७ दिनभित्र आधिकारिक प्रतिनिधि कार्यालयमा स्पष्टीकरण सहित उपस्थित हुन निर्देशन दिइएको छ।
अन्यथा प्रचलित कानुन तथा ठेक्का सम्झौताका शर्तहरु बमोजिम कारबाही प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ।
