काठमाडौं। म्यानचेस्टर युनाइटेडले आफ्नो घरेलु मैदान ओल्ड ट्राफोर्ड पुनर्निर्माण गर्नका लागि टोटनहमको रंगशाला बनाएको आर्किटेक्टलाई नियुक्त गरेको छ ।
रंगशालाको दर्शक क्षमता वृद्धि गर्नका लागि आर्किटेक्ट फर्म पपुलस र म्यानेजमेन्ट कन्सल्ट्यान्ट लिजेन्ड्स इन्टरनेसनलले सँगै काम गर्नेछन् । दुवै कम्पनीले टोटनहमको ६३ हजार दर्शक क्षमता भएको रंगशाला पुनर्निर्माणमा पनि काम गरेका थिए । सन् २०१९ मा टोटनहमको मा काम सकिएको थियो ।
युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्ड ७४ हजार दर्शक क्षमताको हुनेछ । गएको महिनासम्म युनाइटेडमा विभिन्न विकल्पमा छलफल भएको थियो । ओल्ड ट्राफोर्ड पूरै भत्काएर नयाँ रंगशाला बनाउने विकल्पमा पनि छलफल भएको थियो ।
पछिल्लो तीन दशकमा ओल्ड ट्राफोर्डको तीन दिशामा दर्शक क्षमता बढाइएको थियो । तर, साउथ स्ट्यान्ड भने बढाउन समस्या भएको छ । किनकि, त्यस दिशामा रेलवे लाइन पर्छ । युनाइटेडले ट्रेनिङ मैदानमा सुधार गर्ने भएको छ ।