काठमाडौं। दुरसञ्चार सेवालाई सस्तो र सबैको पहुँचमा पुर्याउनु पर्ने कुरामा सरोकारवालाहरुले जोड दिएका छन्। बुधबार काठमाडौंमा आयोजित ‘दुरसञ्चार क्षेत्रलाई थप प्रतिस्पर्धात्मक बनाउन के गर्ने भन्ने विषयको अन्तरक्रियामा उपभोक्ता अधिकारकर्मीले नेपालको दुरसञ्चार सेवा प्रभावकारी हुन नसक्दा टेलिफोन र इन्टरनेटमा बारम्बार समस्या आउने गरेको गुनासो गरेका छन्। इन्टरनेट सेवामा निरन्तर समस्या हुँदा सम्बीन्धत निकायले ध्यान नै नदिएको कारण पनि दुरसञ्चार सेवा प्रभावकारी हुन नसकेको हो।
त्यस्तै नेपाल टेलिकमका प्रवक्ताले टेलिकमले अप्टिकल फाइबरमार्फत् सुविधा दिइरहेको उल्लेख गर्दै प्रविधि बाहिरबाट ल्याउनुपर्ने तथा सामग्री खरिदका लागि आफूहरूले गर्नुपर्ने प्रक्रिया लामो भएको हुँदा प्रतिस्पर्धा गर्न गाह्रो परेको बचाएका छन्।नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशकले युटिएल र स्मार्ट कम्पनीको प्रभावकारिता कमजोर भएको हुनाले यसको विकल्पको बारेमा प्राधिकरण र मन्त्रालयले पहल गर्ने कुराको जानकारी दिएका छन्।सरकार अस्थिर रहने र एउटा मन्त्रीले बनाइसकेको नीति अर्को मन्त्रीले अपनत्व ग्रहण नगर्ने परिपाटीले गर्दा नीतिगत स्थायित्व कायम हुन नसकेको हो।