काठमाडौं। सिन्धुलीको कमलामाइ नगरपालिका ४ ग्वाङखोलामा डुबेर बालकको मृत्यु भएको छ। पक्की पुल निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर शनिबार कमलामाइ नगरपालिका ५ बस्ने १२ वर्षीय सिरासको मृत्यु भएको हो।
बालकको ढुंग्रेबास पुछारबाट–धुराबजार जोड्ने पुल निर्माण स्थलको दहमा पौडी खेल्नेक्रममा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक बालकको फिक्कल गाउँपालिका १ मा घर रहेको छ। उनि सदरमुकाम सिन्धुलीमाडीको जनता आवासीय मावि रातमाटामा कक्षा ४ मा अध्ययनरत थिए। शनिबार छुट्टीको बेला साथीहरुसँग पौडी खेल्न गएका उनी डुबेको स्थानीयले बताएका छन्। स्थानीयले करिब एक घण्टा दहमा पौडेर शव निकालेका थिए।
यसअघि पनि सोही दहमा डुबेका एक बालकको स्थानीयले उद्धार गरेका थिए। उक्त पुल निर्माणको जिम्मा सारस विल्डर्सले लिएको छ।