काठमाडौं। श्रीलङ्कामा विद्युत कटौतीको समय अझै बढ्ने भएको छ। अबदेखि प्रत्यक दिन बिहान ९ देखि बेलुका ६ बजेसम्म विजुली कटौती हुने भएको हो।
रातिको समयमा भने बिजुली कटौती नगर्ने तालिका बनाइएको छ। सरकारी अधिकारीहरुले विद्युत कटौतीसम्बन्धी नयाँ तालिका सार्वजनिक गर्दै शनिबारदेखि विद्युत कटौतीको समय बढेको जानकारी दिएका हुन्।
श्रीलङ्कामा आर्थिक सङ्कट उत्पन्न भएसँगै विभिन्न वस्तु तथा सेवाको अभाव भएको छ भने मूल्य वृद्धि पनि अत्याधिक बढेको छ। मुल्य वृद्धि भएसँगै आम नागरीकले आन्दोलन गरेर राजनैतिक सङ्कट पनि उत्पन्न भएको छ। आर्थिक सङ्कटका कारण कतिपय अत्यावश्यक काम समेत रोकिएको अधिकारीहरूले जनाएका छन्।