काठमाडौं। निर्माण व्यवसायी श्रीराम न्यौपानेलाई जनसेवाश्री चतुर्थ श्रेणीद्वारा विभूषित गरिएको छ। न्यौपानेलाई नागढुंगा सुरुङमार्ग आयोजना सुरुङ निर्माण कार्यको सबकन्ट्रयाक्टरतर्फको आयोजना निर्देशकका रूपमा निर्माण सेवामा उत्कृष्ठ काम गरेको भन्दै सम्मान गरिएको हो।
सरकारले यही १ वैशाखमा पौडेडसहितका केहीलाई सम्मान गरेको थियो। जहाँ उनको नाम पनि समेटिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सम्मान गरेकी थिइन्।
न्यौपाने लामो समयदेखि निर्माण व्यवसायमा आबद्ध छन्। उनी सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन्। न्यौपाने नेपाल इन्जिनियरिङ परिषदको पूर्व बोर्ड सदस्य (२००६) नेपाल इन्जिनियरिङ परिषदमा नेपाल इन्जिनियर्स एसोसिएसनको पूर्व बोर्ड सदस्य (सन् २०१५ मा सिभिल समूहको प्रतिनिधित्व गरी निर्वाचित), नेपाल इन्जिनियर्स एसोसिएसनको २३ औं कार्यकारी समितिको निर्वाचित पूर्वबोर्ड सदस्य भइसकेका छन्।
उनी एडभान्स कलेज अफ एञ्जिनियर एण्ड म्यानेजमेन्टको फाउण्डर प्रिन्सिपल हुन् भने काठमाडौं इञ्जिनियर कलेजको प्रमोटर एवं संस्थापक बिइ प्रोग्राम कोर्डिनेटर भइसकेका छन्।अहिले उनी विभिन्न जलविद्युत् आयोजनाहरूको प्रमोटर छन्। उनले नेपाली कृषि उत्पादनको निर्यात गरी युरोपको बजारमा पुर्याउने बेलायतमा युरोप होलसेल स्थापनासमेत गरेका छन्।