काठमाडौं। सडक पूर्वाधार विकास कार्यालय, दाङले समयमा काम नसक्ने सात निर्माण कम्पनीलाई निर्देशन दिएको छ। जिम्मेवारीपूर्ण रुपमा काम सुरु नगरे कारवाही गर्ने चेतावनी दिएको हो।
उक्त कार्यालयअन्तर्गत विगतका वर्षदेखि निर्माणधिन विभिन्न खरिद विभिन्न खरिद सम्झौताहरुमा निराशाजनक प्रगति गर्ने, सुस्त कार्य प्रगतिका सम्बन्धमा कार्यालयबाट जानकारी माग गरिएका पत्रलाई बेवास्ता गरी प्रत्यूतर नपठाउने, कार्ययाजना स्विकृत नगराई पुर्णतया योजनाविहीन तरिकाले काम गर्ने निर्माण कम्पनीलाई उक्त कार्यालयले सचेत गराएको छ।
यस्ता निर्माण व्यवसायीहरुको गैह्रजिम्ेवार एवं लापरवाहीपूर्ण कार्यशैलीका कारण स्थानीय समेछ आक्रोशित भएका छन्। उनिहरु आक्रोशित भई सार्वजानिक रुपमा कार्यालयको कार्यक्षमतामा नै प्रश्न उठ्ने सम्मको अवस्था सिर्जना भएको हुँदा सम्बन्धीत निर्माण व्यवसायीहरुबाट आफ्नो दायित्व प्रति गम्भीर भई जिम्मेवारीपूर्ण रुपमा निर्माणको काम सुरु गर्न निर्देशन दिइएको छ। यदि तत्परता नदेखायमा खरिद सम्झौताका प्रावधानबमोजिम कारवाहीको प्रक्रीया अगाडी बढाइने कार्यालयले जनाएको छ।
