अन्तर्राष्ट्रिय जगतमा विकासले फड्को मार्दै गएको क्रममा रोर्बटको आविस्कार भयो। उक्त रोर्बट उद्योग सम्बन्धि कार्य वा निर्माण कार्यको लागि एकदमै महत्वपुर्ण रहेको छ । औधोगिक क्षेत्रमा भयको श्रम को अभाव र सामाजिक दूरी को आवश्यकता संग सामना गर्न निर्माण ररोर्बटहरुको निर्माण गरिएको हो ।
विश्वका ठुलठुला उद्योगहरुमा रोर्बटको प्रयोग भैसके पनि यसलाई निर्माण कार्यमा त्यति धेरै अपनाईएको छैन । उदाहरण को लागी ड्रोन अहिले निर्माण कार्यहरुको लागि सामान्य प्रयोग भइसकेको छ । तर निर्माण रोबोटको प्रयोग त्यति व्यापक भइसकेको छैन ।
आउदो दिनहरुमा निर्माण रोर्बटहरुको प्रयोग तिब्र रुपमा बढ्ने आशा गरिनुका साथै यसको प्रयोगले नेपाल जस्तो विकासोन्मुख देशहरु पनि विकासको गतिमा तिब्र रुपमा अगाडि बढ्ने आशा गरिन्छ । नेपालमा केहि होटलहरुमा रोर्बटको प्रयोग खाना सर्भिस गर्न गरिएको भएपनि निर्माण कार्यको लागि अझै प्रयोगमा आयको छैन । यसको प्रयोगले विकासका गतिहरुमा तिब्रता आउने छ ।