काठमाडौं। नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व कार्यालयले राजस्व नबुझाउने निर्माण व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ। कार्यालयले १५ दिन भित्र राजस्व नबुझाएमा कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको हो।
उक्त कार्यालयमा दर्ता भएका करदाताहरुको आ.व २०७४.७५ को कारोबारको पूर्ण कर परीक्षण गर्नका लागि छनौट भए बमोजिम सो आ.व को आय तथा खर्च, सम्पत्ति तथा दायित्व लगायतको कारोबारको पुष्टि गर्ने बील बीजक, लेजर, भौचर लगायतका खातावही पेश गर्न तथा आय विवरण पेश नगरेका करदाताले आय विवरण समेत पेश गरी सम्पुर्ण कागज प्रमाण पेश गर्न निर्देशन दिएको छ।
सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सबै कागज बुझाउन निर्देशन दिएको छ। तोकिएको समयभित्र कार्यालयमा उपस्थित भइ माग भए अनुसारका कागज प्रमाण् पेश नभएमा आयकर ऐन, २०५८ (सं.स), मूल्य अभिवृद्धि कर ऐन, २०५२ (सं.स) र अन्तःशुल्क ऐन, २०५८ (सं.स) बमोजिम कारबाही अगाडी बढाइने कार्यालयले जनाएको छ।
