काठमाडौं। तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँमा खानेपानि आयोजना अगाडी बढेको छ। खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र नगर विकास कोषबीच ऋण सम्झौतापछि निर्माण कार्य अघि बढेको हो।
नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष चिजबहादुर दरैबीच सम्झौता भएको हो। खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भएपछि सहलगानी आयोजनाअन्तर्गत मादीनदी लिफ्टी–खानेपानी आयोजनाका लागि ३ करोड ८१ लाखको ऋण सम्झौता भएको छ।
खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भई बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल खानेपानी आपूर्तितर्फ १५ करोड २४ लाख ३६ हजार रुपैयाँको दुवै कार्यालयबीच सम्झौता भएको हो। उपभोक्ताबाट संकलित ५ प्रतिशत अर्थात् १ करोड ३१ लाख रुपैयाँ खातामा जम्मा गरिसकेपछि सम्झौता भएको छ।
खानेपानि आयोजना निर्माण हुने भएपछि स्थानीयपनि हर्षित देखिएका छन्। पानिको लागि लामो समय र लामो बाटो धाउनुपर्ने बाध्यता हट्ने विश्वास गरेको स्थानीयले बताए।