काठमाडौं। नेपाल सरकार ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति अछामले समयमा संतोषजनक काम समपन्न नगर्ने निर्माण कम्पनीलाइ कारवाहीको चेतावनी दिएको छ। सो निर्माण कम्पनीलाइ ७ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो।
उक्त कार्यालयको विभिन्न ठेक्का अन्तर्गत सर्वाजानीक शौचालय निर्माण कार्यको प्रगति संतोषजनक नभएको र लामो समय व्यतित हुँदा पनि कार्य प्रगती सुधार नभएको कार्यालयले जनाएको छ। सो निर्माण कम्पनीलाइ पटक–पटक लिखित तथा मौखिक निर्देशन दिदापनि हालसम्म कार्यप्रगतिमा सुधार नभएको बताइएको छ।
कार्यतालिका अनुसारको काम नभएको र कार्य सम्पन्न गर्न चर्फ अग्रसर नभएको हुँदा विश्वसनिय स्पष्टीकरण सहित यो सूचना प्रकाशित भएको मितिबाट सात दिनभित्रमा कार्यालयमा स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ। यदि सात दिन भित्र स्पटीकरण सहित कार्यालयमा उपस्थित नभएमा प्रचलित कानुन एवं ठेक्का सम्झौताका शर्तहरु वमोजिम कारवाहीको प्रक्रिया अगाडी बढाइने कार्यालयले जनाएको छ।
