जनकपुरधाम। अवैध रुपमा गिटी बालुवा उत्खनन गर्ने टिप्परलाइ प्रहरीले नियन्त्रणमा लिएको छ। महोत्तरीमा अबैध रुपमा बालुवा उत्खनन गर्ने ४ वटा टिप्परलाइ प्रहरीले नियन्त्रणमा लिएको हो।
बिहीबार बिहान महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर–६ किसाननगरस्थित रातु खोलाबाट अवैध रूपमा गिटी बालुवा उत्खनन तथा ओसारपसार भइरहेको सूचना पाएपछि प्रहरीले खोलाबाट ४ वटा टिप्पर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
प्रहरीले ना ८ ख २०४६, ना ८ ख ११३८, प्रदेश २–०३–००१ क ०३४८ र प्रदेश २–०३–००१ ख १८९९ नम्बरको टिप्पर नियन्त्रणमा लिएको छ। थप कारबाहीका लागि जिल्ला समन्वय समिति जलेश्वरमा पठाएको कार्यालयले बताएको छ।