काठमाडौं। नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जलस्रोत तथा सिंचाइ विभाग, बबई सिंचाइ आयोजना बर्दियाले निर्माण कम्पनीलाई खरिद सम्झौता अन्त्य गरी कालो सूचिमा खाख्ने चेतावनी दिएको छ। समयमा काम नगर्ने निर्माण कम्पनीलाइ यस्तो निर्देशन दिएको हो।
ठेक्काको खरिद सम्झौतामा उल्लेख भए अनुसार निर्दिष्ट समयमा सम्पन्न गर्नुपर्ने काम सम्पन्न नगरेको आयोजना जनाएको छ। उक्त आयोजनाले विभिन्न मितिमा ताकेता गर्दा पनि आफ्नो जिम्मेवारीलाई वेवास्ता गर्दै आएकोले सार्वजानिक खरिद नियमावली २०६४ को नियम १२० को उपनियम ११ तथा १२ बमोजिम खरिद सम्झौता अन्त्य गरी बैंक जमानत जफत गर्ने र कालो सूचिमा सूचिकृतको लागि सिफारिस गर्ने सम्मको कारबाही अगाडी बढाउने आयोजनाले जनाएको छ।
यदि समयमा काम नगर्नुको कुनै कारण भएमा यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा औचित्यपुर्ण कारण तथा आधार भएमा सो कुरा सहित आयोजना कार्यालयमा सम्पर्क गर्न कार्यालयले निर्देशन दिएको छ।
