धादिङ। धादिङको बिकट वस्ती रुविभ्याली गाउँपालिका–१ तिप्लिङको लिङ्जोमा पहिरोमा पुरिएका २ जनाको शव फेला परेको छ।
सडकको नयाँ ट्र्याक खन्ने क्रममा डोजरसहित पहिरोमा पुरिएका २ जनाको बुधबार शव फेला परेको हो।
पहिरोमा परेर डोजर चालक मकवानपुरका पूर्णबहादुर रुम्बा र स्थानीय धन तामाङ बेपत्ता भएका थिए। उनीहरु दुवै जनाको शव सडेगलेको अवस्थामा फेला परेको धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।
उनका अनुसार कपडाको आधारमा शव पहिचान गरिएको छ । खोलामा पुरिएको डोजरसँगै दुवै जनाको शव भेटिएको भण्डारीले जानकारी दिए ।
गत पुस २९ गतेको पहिरोमा ३ जना पुरिएका थिए । त्यसमध्ये सहचालक राजु तामाङ २ दिनपछि भेटिएका थिए ।
पहिरोबाट डोजर निकाल्ने क्रममा दुवै शव भेटिएको हो ।