काठमाडौं। मनसुनजन्य प्राकृतिक विपत्तिले क्षति पुर्याएको जिल्लाहरुका संरचना पुनःनिर्माणमा सरकारले विशेष प्राथमिकता दिने कुरा गृहमन्त्रि बालकृष्ण खाणले बताएका छन्। वर्षा याममा आएको बाढीले क्षति पुर्याएको मनाङको स्थलगत निरिक्ष्ण पश्चात गृहमन्त्री खाणले जनताको जीवन रक्षा पहिलो प्राथमिकता भएको कारण क्षति पुगेको संरचनाको पुनःनिर्माणमा सरकार गम्भिर रहेको कुरा जानकार दिएका छन्।
गृहमन्त्रीले उक्त अध्ययन पश्चात आवश्यक बजेट सहित टोली खटाएर प्राकृतिक पित्तिले क्षती पुर्याएको संरचनाहरुको विस्तृत अध्ययन गरी अल्पकालीन र दीर्घकालीन रुपमा समाधान गरिने कुरा बताएका छन्। धेरै क्षति भएको जिल्लालाई पहिलो प्राथमिकतामा राखेर पुनःनिर्माण गर्ने साथै कम क्षती भएका जिल्लालाई कम प्राथमिकतामा राखि क्षति पुगेको संरचनाको पुनःनिर्माण गर्ने योजना रहेको कुरा पनि मन्त्री खाणले जानकार दिएका छन्।