काठमाडौं। ५९ हजार ७०६ इन्डक्शन चुल्हो आयात भएका छन्। सरकारले विद्युतीय चुल्हो प्रवद्र्धन गर्ने लक्ष्यका साथ विभिन्न अभियानात्मक कार्यक्रम सञ्चालन गरेपछि चैत मसान्तसम्म विद्युतीय चुल्हो आयात भएका हुन्।
उक्त इन्डक्शन चुल्होको लागत मूल्य १२ करोड ३७ लाख २६ हजार रुपैयाँ बराबर छ। सो चुल्हो आयात गर्दा सरकारले १ करोड ७५ लाख १३ हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको बताइएको छ।
त्यस्तै जुनसुकै भाडा प्रयोग गर्न सकिने इन्फ्यारेड चुल्हो २१ हजार ६७६ वटा आयात भएको छ। ती चुल्होको आयात मूल्य ४ करोड ६८ लाख १४ हजार रुपैयाँ छ। त्यस्तै सरकारले ६६ लाख १५ हजार रुपैयाँ बराबर भन्सार शुल्क सङ्कलन गरेको छ।