दमौली। तनहुँको बन्दीपुरमा निर्माण हुँदै गरेको केवलकार कोभिड १९ को कारणले आगामी एक वर्षमा माात्र सञ्चालनमा आउने भएको छ। बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण पोखरेलका अनुसार आर्थिक वर्ष २०७९ असोजबाट केवलकार सञ्चालनमा ल्याइनेछ।
कम्पनीले २०७९ बैसाख देखी होटल देखिका सम्पुर्ण पूर्वाधार प्याकेजसहित पुर्ण क्षमतामा पर्यटन पूर्वाधारयुक्त केवलकार परियोजनाको व्यवसायीक रुपमा सञ्चालनमा ल्याउने रणनीति बनाएको थियो। केवलकार बाहेकको अन्य सेवा भने अझै दुई वर्षपछि मात्र सञ्चालनमा आउने छन्।
कम्पनीका अध्यक्षका अनुसार भौतिक पुर्वाधार निर्माण सहित केही समय ढिला उक्त केवलकार सञ्चालन हुँदा लगभग ६२ करोड बढी लगानी थपिएको हो। उक्त केवलकार समयमै सम्पन्न हुँदा कम लागत लाग्ने भएता पनि अहिले बढेर दुई अर्ब भन्दा माथीको लागत लाग्ने उहाँले बताउनुभयो।
यस बन्दीपुर केवलकारको अहिलेसम्म लगभग ९७ प्रतिशत भौतीक संरचना निर्माण भएको उहाँले बताउनुभयो। सो केवलकार ११ वटा टावर, १९ गोण्डला, प्रति घण्टा ५ सय यात्रु बोक्ने क्षमताको रहेको छ।