काठमाडौं। जुम्लाको तातोपानी गाउँपालिकामा एक घर एक धारा निर्माण हुने भएको छ। तातोपानी गाउँपालिकाको जर्मीमा एक घर एक धारा निर्माण हुने भएको हो।
धाराको अभावमा पानी लिनको लगि टाढाको बाटो धाउनु पर्ने बाध्यता हट्ने गाउँपालिकाले विश्वास गरेको छ। पानीको अभावमा धेरै समय खर्चेर टाढा टाढा पुग्नु परेको गुनासो सुनाउदै अब धारा निर्माण पछि खुसी भएको स्थानीयले बताएका छन्। अब पानी घरघरमा उपलब्ध हुने भएपछि खानको लागि मात्र नभएर करेसाबारीमा पनी तरकारीहरु लगाउने भन्दै उनिहरुले खुसि व्यक्त गरे।
उक्त आयोजनाको जिम्मा सिन्जा भ्याली निर्माण कम्पनी प्रालिले पाएको छ। सो कम्पनीले ५३ लाख ४३ हजार लागतमा निर्माणको जिम्मा लिएको हो। समयमा नै गुणस्तरीय काम गरेर हस्तान्तरण गर्ने आयोजनाले जनाएको छ।