गोर्खा। गण्डकी प्रदेशभित्रको गाउँमा खेलकुदको भौतिक पुर्वाधार निर्माण गरी खेलाडीलाई प्रोत्साहन गर्नुको साथै खेलकुद विकास गर्ने कुरा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्रीकले जानकारी दिएका छन्। उनले ग्रामीण भेगमा खेलकुदको पुर्वाधार निर्माण गरी खेलकुदको विकास गर्ने लक्ष्य रहेको जनाएका छन्।
युनाइटेड क्लब रिसान थालाजुङ्ग गोर्खाको आयोजनामा शुभकामना आदान प्रदान तथा खुल्ला फुटवल प्रतियोगिताको उद्धघाटन कार्यक्रममा खेलकुदमन्त्रीले सम्पुर्ण गाउँमा रहेको खेलमैदानको अवलोकन गरी भौतिक पूर्वाधार भत्केको, बिग्रेको र अहिलेसम्म पनि प्रयोगमा नआएका खेलमैदानलाई पुनःनिर्माण गर्ने बताएका छन्। उत्कृष्ट खेलमैदान निर्माण भएमा खेलाडीहरु प्रोत्साहित भई राम्रो नतिजा ल्याउन सक्ने संभावना रहेको कारण खेलमैदानलाई पुन निर्माण गर्ने योजना बनाएको कुरा खेलकुदमन्त्रीले जानकारी दिए।
प्रदेश भित्रका सम्पुर्ण गाउँमा खेलमैदानको पुनःनिर्माण सम्पन्न भएपछि त्यहाँका खेलाडीहरुले आफ्नै ठाउँमा परिक्षण लिन पाउने छन्। अहिले भइरहेको खेलको लागि आवश्यक पर्ने खेलकुद सामाग्रीहरु गाोर्खा जिल्लाका विभिन्न क्लब तथा खेलाडीहरुलाई वितरण गरिसकेको छ। विहिबार देखि २६ गते सम्म चल्ने फुटबल प्रतियोगितामा चितवन, काठमाडौं, लमजुङ, तनहुँ लगाएतका जिल्लाबाट २१ टिमको सहभागिता रहेको छ।