काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाउपर भ्रष्टाचार मुद्दा दायर गरेको छ। डिभिजन वन कार्यालय मुगुमा कार्यरत वन अधिकृत भरब बहादुर बुढाथापा, निर्माण उपभोक्ता समितिका अध्यक्ष समेत विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो।
मुगु जिल्लाको सोरु गाउँपालिकामा पदमार्ग निर्माण कार्य गर्दा उपभोक्ता समिति र प्रविधिकको मिलेमतोमा बढी मूल्यांकन गरी झूठा बिल बनाएको आरोप लगाएको छ। अख्तियारले ८ लाख ८७ हजार रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेको जनाएको छ।
मुद्दा हालेका छ जनामा वन अधिकृत बुढाथापा, सबइन्जिनियर गोरसिंह बडुवाल, डिभिजन वनका तत्कालीन असिस्टेन्ट सबइन्जिनियर रविन्द्र शाही, उपभोक्ता समितिका अध्यक्ष बाँस्तोला शाही, सचिव विन नेपाली, कोषाध्यक्ष हरिबहादुर नेपालीलगायत छन्।
.jpg)