काठमाडौं। संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन पोखराले समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाइ ठेक्का तोडी कालासूचिमा राख्ने चेतावनी दिएको छ।
उक्त कार्यालय अन्तर्गत ठेक्का व्यवस्थापन भइ निर्माणकार्य अघि तर कार्यको सम्बन्धित निर्माण व्यवसायीले सम्झौताबमोजिमको निर्माण कार्य समयमै सम्पन्न नगरेको तथा सम्पन्न गर्ने आधार समेत नभएको कार्यालयले जनाएको छ। यो सूचना प्रकाशित भएको सात दिनभित्र आधिकारीक व्यक्ति कार्यालयमा उपस्थित भइ समयमा कार्य सम्पन्न हुन नसक्नुको कारण भएमा लिखित जवाफ पेश तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्ने विश्वसनिय आधार पेश गर्न आदेश दिएको छ।
तोकिएको समयमा उचित कारणसहित सम्बन्धित अधिकारिहरु उपस्थित नभएमा वा पेश गरिएको स्पष्टीकरण चित्त बुझ्दो नभएमा प्रचलित कानुन अनुसार ठेक्का तोडी कालोसूचिमा राख्ने प्रक्रिया अगाडी बढाइने कार्यालयले जनाएको छ।
