काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले आज पनि धर्ना दिएको छ। महासंघले वैशाख ८ गतेदेखि सार्वजनिक खरिद अनुगमन कार्यालयमा शुरु गरेको धर्ना कार्यक्रम आज पनि जारी राखेकाे हो।
महासंघले विभिन्न माग राख्दै प्रत्येक दिन विहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा धर्ना दिँदै आएको छ।
महासंघले आफूहरुको माग सम्बोधन नभएको भन्दै वैशाख ११ गतेदेखि निर्माण होलिडे घोषणा गरी देशभरका निर्माण कार्य समेत ठप्प पारेको छ।






