काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। प्राधिकरणले करार सेवाका लागि आवेदन आह्वान गरेको हो।
रिक्त रहेका पदहरुमा स्थायी पदपूर्ति भए स्वतः हट्ने गरी प्राधिकरणले बढीमा एक वर्षका लागि करारमा प्राविधिकतर्फ सातौं तहका लागि कर्मचारी नियुक्त गर्न लागेको हो।
पुरुषको हकमा २१ वर्ष पूरा भएर ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेका योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।
वैशाख २१ गतेसम्म आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ । लिखित परीक्षा वैशाख २३ गते हुनेछ ।
.jpg)