काठमाडौं। नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक डिभिजन नेपालगञ्जले काम नगर्ने निर्माण कम्पनीसँग स्पष्टीकरण मागेको छ। पटक–पटक ताकेता गर्दा पनि काम सम्पन्न नगरेपछि स्पष्टीकरण मागेको हो।
उक्त कार्यालयअन्तर्गत विभिन्न निर्माण तथा मर्मत कार्यहरुको लागि खरिद सम्झौता गरी तोकिएको समयावधिभित्र कार्य सम्पन्न गर्न पटक–पटक मौखिक तथा पत्राचार गरी ताकेता गर्दा समेत बेवास्ता गरी कार्य सम्पन्न गर्नेतर्फ अग्रसर नभएपछि स्पष्टीकरण मागेको कार्यालयले जनाएको छ।
सुचना प्रकाशित भएको सात दिन भित्र निर्माण व्यवसायीको आधिकारीक प्रतिनिधि कार्यालयमा स्वयम उपस्थित भइ कार्य सम्पन्न हुन नसक्नुको लिखित स्पष्टीकरण बुझाउन निर्देशन समेत दिएको छ।
यदि सात दिन भित्र कार्यालयमा उपस्थित नभएमा सार्वजानिक खरिद ऐन बमोजिम ठेक्का तोडी कालो सूचिमा राख्ने प्रक्रिया अघी बढाइने कार्यालयले जनाएको छ।
.png)