काठमाडौं। नवलपुरको कावासोती र डेढगाँउका नदी अवैध उत्खनन गर्ने चार वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका–१६ बाट तीनवटा र बौदीकाली डेढगाँउबाट एक गरी चार ट्याक्टर नियन्त्रणमा लिएको हो।
यस्तै विनयी त्रिवेणी गाउँपालिकाबाट अवैध रुपमा नदीबाट निकालिएका कच्चा पदार्थ ओसारपसार गर्ने एक ट्याक्टर नियन्त्रणमा लिएको छ। विनयी त्रिवेणी गाउँपालिका–३, खरङ्दीबाट अवैध नदी उत्खनन गरी कच्चा पदार्थ लैजादैँ गरेका लु २ त ९५५७ न को र नम्बर नखुलेको एउटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
नियन्त्रणमा लिएको ट्याक्टरलाई आवश्यक कारबाहीका लागि अस्थायी प्रहरी पोस्ट सर्दीमा राखिएको प्रहरीले जनाएको छ। गोरखापत्र दैनिकबाट