काठमाडौं। नेपाल इको प्यानलले प्यानल बोर्डको मूल्य प्रतिवर्गफिट २५ रुपैयाँंले घटाएको छ। प्रतिवर्गफिट दुई सय २५ रुपैयाँं रहेको प्यानल बोर्डको मूल्य घटाएर दुई सय रुपैयाँंमा बिक्री सुरु गरेको हो।
अत्याधिक मागसँंगै धेरै विक्री हुन थालेपछि मूल्य घटाएर दिन सम्भब भएको कम्पनीले जनाएको छ। ६ सय वर्गफिटभन्दा माथि खरिद गर्नेहरुका लागि काठमाडौं उपत्यकामा निःशुल्क ढुवानीको पनि व्यवस्था गरिएको छ। साथै, निर्माणस्थलमा पुग्दा टुटफुट भएमा साटिने व्यवस्था पनि मिलाएको कम्पनीले जनाएको छ।
कम्पनीले इको प्यानल बोर्डमा ७० वर्ष ग्यारेन्टी दिएको छ। च्यानलमा अथवा विना च्यानलमा सजिलै जडान गर्ने मिल्नु यो बोर्डको विशेषता हो।
इको प्यानल स्थायी अथवा अस्थायी संरचनामा भित्री तथा बाहिर पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो। जुन वाल लगाउनमा प्रयोग गरिन्छ।