जुम्ला। जुम्लाको सिञ्जा क्षेत्रको हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ। हिमा गाउँपालिका कुडुमा रहेको टावरमा क्षति भएपछि एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध भएको हो।
टेलिफोन सेवा अवरुद्ध हुँदा हिमामा सूचना प्रवाहदेखि दैनिक काम समेत प्रभावित भएको छ । टावरको हर्न भन्ने सामग्रीमा क्षति भएको र उक्त सामान काठमाडौंबाट मगाउनु पर्ने भएकोले गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको हो ।
स्थानीय निकायको चुनावको समयमा टेलिफोन सेवा अवरुद्ध भएपछि राजनीतिक दललाई सञ्चार समन्वय गर्न समेत सकस भएको छ ।
यस्तै यहाँका स्थानीयहरु कोही विरामी भएमा अस्पताल पुर्याउन तत्काल एम्बुलेन्स नपाइने स्थिति सृजना भएको छ ।