काठमाडौं। नेपाल सरकार जलश्रोत तथा सिंचाइ विभाग कर्णाली नदी ब्यवस्थापन आयोजना बर्दियाले काम नगर्ने निर्माण कम्पनीलाई कारवाहीको चेतावनी दिएको छ। सो आयोजनाले चौथोपटक सम्म म्याद थप गर्दा समेत काममा कुनै प्रगति नदेखिएपछि कारवाहिको चेतावनी दिएको हो।
उक्त आयोजना र निर्माण व्यवसायी श्री सिद्धिसाई/मैनाचुली जे।भी।, पुतलीसडक काठमाडौं बीच राजपुर नगरपालिकामा कर्णाली नदीको पूर्वी किनारा तर्फको कामको लागि सम्झौता भई चौथो पटक सम्म म्याद थप गर्दा पनी साइटमा कुनै काम नभएको उक्त आयोजनाले जनाएको छ।
आयोजनाबाट विभिन्नमाध्यम द्धारा खबर गर्दा समेत थपिएको म्यादभित्र कुनै निर्माण कार्य भएको पाइएन। साथै निर्माण व्यवसायी तिन महिनादेखि साइटमा उपस्थित नभएको र एक महिनादेखि सम्पर्क विहिन भइ अहिलेसम्म म्याद थपको लागि आयोजनामा निवेदन समेत पेश नगरेको आयोजनाले बताएको छ।
यो सुचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा के कारणले यस्तो भएको हो भनि उक्त आयोजनामा आधिकारीक स्वयमं आफै उपस्थित भई यथासिघ्र निर्माण सुरु गर्न निर्देशन दिइएको छ। अन्यथा ठेक्का सम्झौताको सर्त बमोजिम कारवाहीको प्रक्रीया अघी बढाइने आयोजनाले जनाएको छ।
